back
CTIZAN AD

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति चितवनबाट पक्राउ

वि.सं.२०७७ असोज २७ मंगलवार

792 

shares

२७ असोज, काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ अकौलियाले मनोजप्रसाद साहसँग सापटी लिएको रकम तिर्नका लागि आफ्नो एनएमबी बैंकमा रहेको खातामा पर्याप्त रकम नभएको खाली चेक दिएर ठगी गरेको जानकारी दिए ।

उच्च अदालत पाटनले अकौलियालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ बमोजिमको कसुरमा दफा १५ बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ व्यक्तिलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ । रासस

वि.सं.२०७७ असोज २७ मंगलवार १५:४७ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...