काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै कार्यकक्ष पुगेर पदभार सम्हालेका हुन् ।
पौडलेले मन्त्रालयको पदभार ऋण लिने निर्णयबाट सुरु गरेका छन् । उनले विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
उनले हस्ताक्षर गरेको उक्त ऋण कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिनेछ ।
वि.सं.२०७७ असोज २९ बिहीवार १४:५७ मा प्रकाशित





























