back
CTIZAN AD

भाइले गरे आफ्नै दाइको हत्या

वि.सं.२०७७ असोज ३० शुक्रवार

795 

shares

३० असोज, सल्यान । सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।

थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए । मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताए । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार २१:०० मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...