मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायमा आम्दानी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले चुनौती पनि निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । वादविवादमा अघि नसर्नुहोला । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ । रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको लाभांश सञ्चय नहुन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा धन बाहिरिन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । केही जिम्मेवारी भने प्राप्त हुनेछ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तर, द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको विश्वासमा गर्दा धोका पाइएला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । मिहिनेतले अवसर दिलाउन सक्छ । काम गरेर धेरैको मन जित्न सकिनेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ ।
वि.सं. २०७७ कात्तिक ३ सोमवार (इ.स. २०२० अक्टोबर १९)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ कात्तिक ३ सोमवार ०७:५१ मा प्रकाशित


























