back
CTIZAN AD

यस्तो छ तपाईको आज आइतबारको राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ कात्तिक २ आइतवार

726 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । व्यवहारमा अलमलिनुपरे पनि लगनशीलताले सफलता दिलाउनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ । आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । अग्रजहरूको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । काम बन्नाले मनग्गे धन आर्जन हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हडबडीले काम बिग्रनेछ। सानो गल्तीले मौका गुम्न सक्छ । अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन् । बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ । मिहिनेतले लाभ दिलाउनेछ । सिर्जनात्मक सीप सिक्ने मौका छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ । बिछोडिएका आफन्तसँग भेटघाट पनि हुनेछ । तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ । नजिकको विवादास्पद व्यक्तिले समस्या निम्त्याउन सक्छ । परिस्थितिवश विवादास्पद काममा अग्रसर हुनुपर्नेछ । कूटनीतिक व्यक्तिको फन्दामा परिनाले फजुल खर्च हुनेछ । शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ । बनिसकेको काम दोहोर्याउनुपर्ला । समय दिन नसक्दा काम अधुरो रहनेछ । लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन् । साथीभाइको सहयोगले यात्रा हुनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चिताएको काम सम्पादन गर्न सकिनेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ । भौतिक साधन जुट्नाले आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चल व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ । शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ । गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ ।

वि.सं. २०७७ कात्तिक २ आइतवार इ.स. २०२० अक्टोबर १८
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी राशिकाले विशेष ध्यान दिनुहोला

वि.सं.२०७७ कात्तिक २ आइतवार ०८:०० मा प्रकाशित

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...