back
CTIZAN AD

गृहमन्त्रीको अभिव्यक्तिप्रति माक्र्सवादी एकता अभियानको गम्भीर आपत्ति

वि.सं.२०७७ कात्तिक २ आइतवार

759 

shares

२ कात्तिक, काठमाडौं । माक्र्सवादी एकता अभियाननेपालले गृहमन्त्री राम बहादुर थापा बादलले प्रहरी दिवसका अवसरमा ‘चन्दा संकलन गर्नेहरु विरुद्ध निर्मम हुनु’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाएको छ ।

गृहमन्त्री थापाले शनिबार प्रहरी दिवसका अवसर पारेर सुरक्षा संयन्त्रलाई उत्तेजित बनाउने दुराशययुक्त भावनाका साथ अभिव्यक्ति दिएको भन्दै अभियानका संयोजक शम्भु कट्टेलद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,

‘गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी दिवस २०७७ । ०६ । ३० गतेका दिन सुरक्षा संयन्त्रलाई उत्तेजित बनाउने दुराशययुक्त भावनाका साथ चन्दा संकलन गर्नेहरु विरुद्ध निमर्मतापूर्वक प्रस्तुत हुन भन्दै सार्वजनिक अभिव्यक्ति मार्फत निर्देशन दिएको सन्दर्भमा यस माक्र्सवादी एकता अभियान, नेपालको गम्भीर रुपले ध्यानाकर्षण भएको ।

सरकारी निकायबाट देशमा निर्लज्जतापूर्वक भ्रष्टाचार र राष्ट्रिय हित बिपरितका कामहरु भैरहेको यथार्थ नेपाली समाजमा लुकेको छैन । सरकारी निकायबाट भैरहेका भ्रष्टाचार र राष्ट्रघाती कृयाकलापहरुलाई खबरदारी गर्न देशमा वामपन्थी शक्तिहरुबीच संयुक्त आन्दोलनको वातावरण बनिरहेको र राजनीतिक दलहरुमाथिको प्रतिबन्धसमेत फुुकुवा गर्न सडकबाट आवाज उठिरहेको वर्तमान अवस्थामा गृहमन्त्री रामबहादुर थापा बादलको अहंकारी र युद्ध उन्मादले उन्मत्त भएको अभिव्यक्ति आउनु सामान्य विषय अवश्य होइन भन्ने अभियानको ठहर छ ।
सरकारले भ्रष्टाचार र राष्ट्रघातजन्य कामहरु गरिरहँदा सरकारविरुद्ध गरिने आन्दोलननलाई आवश्यक परे चन्दा संकलन गर्नेहरुमाथि नै निर्ममताका साथ प्रस्तुत हुन दिइएको निर्देशनले भ्रष्टाचारविरोधी राजनीतिक दलहरुमाथि दमन गर्ने सरकारको बदनियत छर्लंग भएको छ । सरकारले संविधानमै उल्लेखित लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाइरहेको छ ।

यस सम्बन्धमा माक्र्सवादको आवरणमा रहेको वर्तमान सरकारले गम्भीरतापूर्वक ध्यान दिन र राजनीतिक दलहरुमाथि दमनकारी नीति अख्तियार नगर्न माक्र्सबादी एकता अभियान, नेपाल गम्भिरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । र साथै गृहमन्त्रीको यस्तो अभिव्यक्तिप्रति राष्ट्रिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षणका लागि अनुरोध गर्दछ । धन्यवाद ।’

शम्भु कट्टेल -संयोजक मक्र्सवादी एकता अभियान , नेपाल ।

(मिति २०७७ । ०७ । ०१) ’

वि.सं.२०७७ कात्तिक २ आइतवार ०७:५१ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...