back
CTIZAN AD

मुकुन र बेनिशाको मूख्य भूमिकामा फिल्म भाँडाकुटी बन्ने

वि.सं.२०७७ कात्तिक १ शनिवार

702 

shares

१ कार्तिक, काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँफिल्म घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागिएको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रम बीच औपचारिक घोषणा गरिएको छ ।

नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भाँडाकुटी आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ ।

बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह फिल्ममा हाबी छ ।

२०७८ साललक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहने छन् । झण्डै एक करोड लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् । समाजको कथालाई नयाँ ज्ञान सहित पुरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले अनुरोध गरेका छन् ।

वि.सं.२०७७ कात्तिक १ शनिवार २०:१५ मा प्रकाशित

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...