back
CTIZAN AD

स्युचाटारमा आउटडोर फिटनेस पार्क

वि.सं.२०७७ कात्तिक १ शनिवार

705 

shares

१ कात्तिक,काठमाडौं । काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–९, स्युचाटारमा आउटडोर फिटनेस पार्क (खुला ब्यायामशाला) सञ्चालनमा आएको छ । नागार्जुन नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको आउटडोर फिटनेस पार्कको शनिबार पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।

करिब ११ रोपनी क्षेत्रफलमा बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला पार्क निर्माण गरिएको तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । ‘नगरवासीलाई स्वस्थ्य बनाउनका लागि पहिलो पटक खुला ब्यायामशालाको अवधारणा ल्याएको हो’, अध्यक्ष बुढाथोकीले भने, ‘बच्चादेखि जेष्ठ नागरिकसम्मलाई स्वस्थ्य राख्ने अभियानअन्तर्गत खुला ब्यायामशालासहितको पार्क निर्माण गरिएको हो ।’

पार्कमा आउटडोर ब्यायामशालासँगै मर्निङ वाक ट्रयाक, बाल उद्यान, बहुउद्देशीय कभर्डहल, सेभेन ए साइड फुटबल मैदानलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

फिटनेस पार्कमा ब्यायामका लागि अत्याधुनिक विभिन्न १६ वटा उपकरण जडान गरिएको छ । जहाँ सबै उमेर समूहका मानिसले जुनसुकै समयमा पनि ब्यायाम गर्न सक्ने छन् ।

पार्कको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले अहिलेको महामारीको समयमा सामुदायिक पार्क अत्यन्त आवश्यक रहेको औंल्याउँदै सबैलाई स्वस्थ राख्नका लागि नागार्जुन नगरपालिका र तारकेश्वर युवा क्लबले सञ्चालन गरेको अभियानको प्रशंशा पनि गरे ।

सबै नगरवासीलाई स्वस्थ्य राख्नका लागि नेपालमै पहिलो पटक उत्कृष्ट उपकरणसहितको आउटडोर फिटनेस पार्क निर्माण गरिएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए । उनले पहिलो चरणमा वडा नम्बर ९ बाट सुरु भएको अभियान १० वटै वडामा विस्तार गरिने प्रतिवद्धता जनाए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष बुढाथोकीले पहिलो चरणमा खुला ब्यायामशाला निर्माण सम्पन्न गरी उद्घाटन गरिएको जनाउँदै यो आर्थिक वर्षभित्र अन्य सबै पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने जानकारी दिए ।

जावलाखेलमा केल्मीको आउटलेट
अन्तराष्ट्रिय ब्राण्ड केल्मिको नयाँ आउटलेट जाउलाखेलमा पनि खुलेको छ ।नेपाली फुटबलमा पछिल्लो दुई बर्षदेखि गुणस्तयुक्त खेलकुद सामाग्री प्रदान गर्दै आएको केल्मी नेपालको अर्को आउटलेट जाउलाखेलमा पनि खोलिएको छ ।

ओलम्पियन दिपक विष्ट प्रमुख रहेको सो आउटलेटमा खेलकुदका सबै सामाग्रि पाइने गरेको छ । नेपालमा केल्मि आएपछि विस्तारै विभिन्न स्थानमा यसको शाखाहरु खोलिदैछन ।

आज जाउलाखेलमा रहेको सो आउटलेटको उद्घाटन गरिएको छ । सो आउटलेटलाई विभिन्न खेलाडीले उद्घाटन गरेका हुन ।

वि.सं.२०७७ कात्तिक १ शनिवार १९:५० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...