back
CTIZAN AD

उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द

वि.सं.२०७७ कात्तिक १ शनिवार

657 

shares

१ कार्तिक, काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणको दर अत्याधिक रुपमा बढीरहेको सन्दर्भमा कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि सेवाग्राहीहरुमा समेत फैलन सक्ने उच्च जोखिम रहेको भन्दै तीनवटै कार्यालयले अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले असोज २८ गतेदेखि बुधबार देखि नै अत्यावश्यक बाहेकको सेवा बन्द गरेकोमा ललितपुर र भक्तपुरले पनि सूचना जारी गरी कार्तिक २ गते देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार जारी गरेको सूचनामा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरिएको जनाइएको छ ।

सूचनामा शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापन सम्बन्धी मात्र सेवा पाइन र उल्लेदित बाहेकका अरु सेवा हाललाई स्थगित गरिएको उल्लेख छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि कोभिड- १९ संकट व्यवस्थापन केन्द्र, सम्बन्धीत सबै सरोकारवाला निकाय, स्वास्थ्य
विज्ञ, सुरक्षा निकायसमेतको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कार्तिक २ गते देखि अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज २८ गते बुधबारदेखि नै अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिसकेको छ ।

 

वि.सं.२०७७ कात्तिक १ शनिवार १९:१४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...