back
CTIZAN AD

अपहरण मुद्दाका फरार प्रतिवादी छ वर्षपछि पक्राउ

वि.सं.२०७७ कात्तिक ३ सोमवार

699 

shares

३ कात्तिक, काठमाडौं । सङ्गठीत अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे रहेका छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाललाई बजरङ्ग पन्सारी र मेचेसहितको समूहले अपहरण गरेको थियो ।

विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका– २९ गोङ्गबुस्थित होटल काठमाडौँ इनबाट मेचेलाई आइतबार पक्राउ गरी आवश्यक कारवाहीका लागि आज जिल्ला प्रहरी कार्यालय झापा पठाइएको सिआइवीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिए ।

उनीहरुले अग्रवाललाई एम्बुलेन्समा हालेर हर्कबहादुर कन्दको घरमा पु¥याइ बन्धक बनाएको अवस्थामा सोही माघ २३ गते उद्धार गरेको थियो । सो क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक प्रहरीसमेत घाइते भएका थिए ।

सङ्गठितरुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार १६:२३ मा प्रकाशित

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...