back
CTIZAN AD

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता, यस्तो छ सम्झौता

वि.सं.२०७७ कात्तिक ३ सोमवार

789 

shares

३ कार्तिक, काठमाडौँ । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि नब्बे (९०) दिन सम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन्।

सम्झौतामा नेपाल सरकारकातर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानकोतर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय ओमान अन्तरराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेका सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिका लागि त्यहाँ हुने भ्रमणमा समेत सो सम्झौताले सहजीकरण गर्ने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा दुवै देशका प्रतिनिधिले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामलाई थप गतिशील र सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा दुवै देशका राजदूतहरुले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार साटासाट गरे। यसैगरी छलफलमा द्विपक्षीय लगानी प्रबर्द्बन, पर्यटन प्रबर्द्बन एवम् आपसी हितका विषयहरू पनि समावेश भएको जनाइएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावास ओमानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

वि.सं.२०७७ कात्तिक ३ सोमवार १७:३० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...