back
CTIZAN AD

मङ्सिर १५ गते सबै पालिकामा अस्पताल भवन शिलान्यास हुने

वि.सं.२०७७ कात्तिक ३ सोमवार

732 

shares

३ कार्तिक, काठमाडौँ । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्यास हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजनानुसार नै सो दिनमा एकै पटक शिलान्यास गर्ने तयारी गरिएको हो ।

सरकारको योजनानुसार निर्माण गरिने ती अस्पतालको डिजाइन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने छ । सोही डिजाइनअनुसार सबै पालिकामा अस्पताल भवनको शिलान्यास एकैसाथ गर्ने गरी मन्त्रालयले आवश्यक तयारी मिलाउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच कोभिड –१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्ने ध्येयले आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

पालिकामा निर्माण गरिने ती अस्पतालको डिजाइन स्वास्थ्य मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउनेछ । केही पालिकाले भने आफ्नै सापेक्षतामा डिजाइनसमेत तयार पारिसकेको बुझिन आएको छ । कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने उपकरण, भेन्टिलेटरलगायत यन्त्र सामग्री तत्काल खरीद गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

सरकारको कार्ययोजनाबमोजिमको खरीद प्रक्रिया स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र सोका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने भएको छ ।कोभिड – १९ को रोकथामका लागि नागरिकलाई भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र र स्वास्थ्य मन्त्रालयको सहयोगमा अगाडि बढाउनेछ ।

त्यस्तै कोरोनाविरुद्ध विकास हुने खोपलगायत अन्य आपत्कालीन औषधिको प्रयोग व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले अविलम्ब प्रक्रिया अगाडि बढाउने निर्णयसमेत भएको प्रवक्ता दङ्गालले जानकारी दिए।(रासस)

वि.सं.२०७७ कात्तिक ३ सोमवार १८:१५ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...