३ कात्तिक, काठमाण्डौं । नेपालमा सोमबार ( ३ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १३ लाख ९१८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १५ हजार ७१४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ४० हजार ७७८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १३ हजार ८५१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २६ हजार ९२७ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २८२ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा १३, बागमती प्रदेशमा १५३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५१,कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशशमा ८ जना गरी जम्मा २८२ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १२ जना, प्रदेश २ मा १, बागमती प्रदेशमा ३८ र लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौ,ं चितवन, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी ११ वटा रहेका छन् ।
त्यस्तै आज थपिएका ३७९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । साथै आज २,३३५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।
आज १८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २,३८८ जनासहित देशैभरी ३७९० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा गरिएको १५ हजार ७१४ पिसीआर परीक्षणमा ३०९० जना कोरोना संक्रमणका नयाँ विरामी थपिएको मन्त्रालयले जानकारी दिएको छ ।
आज प्रदेश १ को इलाममा ४, उदयपुरमा १८, ओखलढुंगामा ३, झापामा ५३, तेह्रथुममा १, धनकुटामा ४, पाँचथुरमा ३, भोजपुरमा २, मोरङमा २८६, संखुवासभामा ५ र सुनसरीमा ११८ जनासहित प्रदेशमा आज ४९७ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १२, पर्सामा ८, बारामा ३४, महोत्तरीमा ११, रौतहटमा ९, सप्तरीमा ३९, सर्लाहीमा २२ र सिराहामा ८ जना थपिएसँगै प्रदेशमा आज १४२ जना नयाँ संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा २००८, काभ्रेपलान्चोकमा ८०, चितवनमा ९०, दोलखामा १३, धादिङमा २१, नुवाकोटमा २५, भक्तपुरमा ९९, मकवानपुरमा ९६, रसुवामा २, रामेछापमा ७, ललितपुरमा २८१, सिन्धुपाल्चोकमा १२ र सिन्धुलीमा ४ जना गरी प्रदेशमा जम्मा २०२९ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा १२, तनहुँमा २२, नवलपरासीपुर्वमा १०, पर्वतमा ४, म्याग्दीमा १, लमजुङमा ४, बागलुङमा ७ र स्याङजामा १७ जना गरी प्रदेशमा आज ११६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा ११, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा ३६, पाल्पामा ७, प्युठानमा ३३, बर्दियामा २, बाँकेमा २१ र रुपन्देहीमा ९२ गरी प्रदेशमा आज २०८ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जाजरकोटमा ४, कालिकोटमा १, जुम्लामा ४, दैलेखमा २५, रुकुमपश्मिमा ७, सल्यानमा २ र सुर्खेतमा १ जना गरी प्रदेशमा आज जम्मा ४३ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा १३, कैलालीमा २९, डडेल्धुरा, डोटी र बैतडीमा १/१ जना, दार्चुलामा ३, र बझाङमा ४ जना गरी प्रदेशमा आज जम्मा ५५ जना संक्रमित थपिएसँगै आज देशैभरी ३७९० जना संक्रमित थपिएका छन् । जसमा महिला १३७६ र पुरुष २४१४ जना रहेका छन् ।
आज थपिएका ३७९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
कोरोना संक्रमणबाट आज पनि २३३५ जना मुक्त
नेपालमा आज पनि २३३५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २३३५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २३३५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७९८०, प्रदेश २ मा १५,५९७, बागमती प्रदेशमा ४२,२९७, गण्डकी प्रदेशमा ४८००, लुम्बिनी प्रदेशमा १२,०४०, कर्णाली प्रदेशमा ३८७६ र सुदूरपश्चिम प्रदेशमा ७९११ जना गरी हालसम्म जम्मा ९४ हजार ५०१ जना निको भएका हुन् । कूल संक्रमित मध्ये निको भएको यो संख्या ६९.५ प्रतिशत रहेको छ ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४०३, प्रदेश २ मा १०१, बागमती प्रदेशमा ३११, गण्डकी प्रदेशमा ६५७, लुम्बिनी प्रदेशमा १०९४,कर्णाली प्रदेशमा ४६९ र सुदूरपश्चिम प्रदेशमा १४३५ जना गरी हालसम्म जम्मा ४४७० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १५३४, प्रदेश २ मा ७१३, बागमती प्रदेशमा ७८५५, गण्डकी प्रदेशमा ९२०, लुम्बिनी प्रदेशमा १८४०, कर्णाली प्रदेशमा ४५३ र सुदूरपश्चिम प्रदेशमा ५३६ जना गरी हालसम्म जम्मा १३,८५१ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४२३२, प्रदेश २ मा ७३५,बागमती प्रदेशमा १७,२२५, गण्डकी प्रदेशमा ९२५, लुम्बिनी प्रदेशमा २४२०, कर्णाली प्रदेशमा ८०७ र सुदूरपश्चिम प्रदेशमा ५८३ जना गरी २६९२७ जना रहेका छन् ।
आज १८ जनाको मृत्यु, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १८ जनाको मृत्यु भएको छ । आज थपिएका १८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।
हेर्नुहोस् नेपालमा कात्तिक २ गते सम्मको कोरोना संक्रमण अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ कात्तिक ३ सोमवार १७:५७ मा प्रकाशित






























