२ कात्तिक, काठमाण्डौं । नेपालमा आइतबार ( २ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १२ लाख ८३ हजार ३५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,८७५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३९ हजार ३४१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १२,९३३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २६,४०८ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३०१ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६६ गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा ३०१ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ११ जना, बागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी ११ वटा रहेका छन् । शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।
त्यस्तै आज थपिएका २९४२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । साथै आज २६२६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । आज १२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका १६९८ सहित २९४२ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १६९८ जनासहित देशैभरी २९४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४६९ ललितपुरमा २३० र भक्तपुरमा ९९ जना गरी देशैभरी २९४२ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ९, उदयपुरमा १४, ओखलढुंगामा १, खोटाङमा ६, झापामा ७२, तेह्रूथुममा २, मोरङमा १३८, संखुवासभामा ८ र सुनसरीमा १२ जना गरी आज प्रदेशमा २६२ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १, पर्सामा ८, बारामा १०, महोत्तरीमा १, रौतहटमा ४, सप्तरीमा १ तथा सर्लाही र सिराहामा ३÷३ जना गरी प्रदेशमा आज ३१ जना नयाँ संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १४६९, काभ्रेपलान्चोकमा ४, चितवनमा १४९, दोलखामा १, धादिङमा ५, नुवाकोटमा ९, भक्तपुरमा ९९, मकवानपुरमा ४३, रामेछापमा ४, ललितपुरमा १४३ र सिन्धुलीमा १ जना गरी आज प्रदेशमा १९१४ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा २६, तनहुँमा १९, नवलपरासीपुर्वमा ५५, म्याग्दीमा २, लमजुङमा ४, बागलुङमा ५ र स्याङजामा ३० जना गरी प्रदेशमा आज १७२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३०, गुल्मीमा ४, दाङमा ६, नवलपरासीमा २९, पाल्पामा २०, प्युठानमा १, बर्दियामा १० र बाँकेमा ४१ र रुपन्देहीमा १९२ जना गरी प्रदेशमा आज ३३७ संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा १, दैलेखमा १०, रुकुमपश्चिममा २, सल्यानमा १५, सुर्खेतमा ११० र हुम्लामा ३ जना गरी आज प्रदेशमा १४५ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ५, कैलालीमा ५६, डडेल्धुरामा ४, डोटीमा ९, दार्चुलामा २, बझाङमा १ र बैतडीमा ३ जना गरी प्रदेशमा आज ८१ जना नयाँ संक्रमित थपिएसँगै आज देशैभरी २९४२ जना संक्रमित थपिएका छन् । जसमा महिला १११७ र पुरुष १८२५ जना रहेका छन् ।
आज थपिएका २९४२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
आज २३२६ जना निको भएसँगै कोरोनाबाट मुक्त हुनेको सख्या ९२ हजार नाघ्यो
नेपालमा आज २६२६ जना कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २६२६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २६२६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७९३४, प्रदेश २ मा १५,५७० बागमती प्रदेशमा ४०,२४४, गण्डकी प्रदेशमा ४७८७, लुम्बिनी प्रदेशमा ११,५७५,कर्णाली प्रदेशमा ३,८६८ र सुदूरपश्चिम प्रदेशमा ७,८८७ जना गरी हालसम्म जम्मा ९२ हजार १६६ जना निको भएका हुन् । मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये हालसम्म निको हुनेको यो संख्या ६९.७ प्रतिशत रहेको छ ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४४५, प्रदेश २ मा ८२, बागमती प्रदेशमा ३०१, गण्डकी प्रदेशमा ६७५, लुम्बिनी प्रदेशमा १३७२,कर्णाली प्रदेशमा ४६९ र सुदूरपश्चिम प्रदेशमा १५०५ जना गरी हालसम्म जम्मा ४८३१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ११९९, प्रदेश २ मा ५२० बागमती प्रदेशमा ७६५०, गण्डकी प्रदेशमा ८१२, लुम्बिनी प्रदेशमा १९३६, कर्णाली प्रदेशमा ४१८ र सुदूरपश्चिम प्रदेशमा ३९८ जना गरी हालसम्म जम्मा १२,९३३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४,१२० प्रदेश २ मा ८१४, बागमती प्रदेशमा १६७६५, गण्डकी प्रदेशमा ९३०, लुम्बिनी प्रदेशमा २२८१, कर्णाली प्रदेशमा ८०८ र सुदूरपश्चिम प्रदेशमा ६९० जना गरी जम्मा २६,४०८ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १२ जनाको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।
वि.सं.२०७७ कात्तिक २ आइतवार १७:२९ मा प्रकाशित






























