२ कार्तिक, काठमाडौँ । अब जनताले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार सम्पूर्ण आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा कोरोना भाइरसको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएका हुन् ।
आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको पनि प्रवत्ता डा गौतमले बताए ।
उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।
तर अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको उनले बताए । यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने पनि उनले जानकारी दिए ।
वि.सं.२०७७ कात्तिक २ आइतवार १७:३१ मा प्रकाशित






























