५ कार्तिक, काठमाडौं ।२०७२ सालको भूकम्पले क्षेति पुराएको रानीपोखरीको बुधबार एक समारोह बिच उद्घाटन गरिएको छ । पुनर्निर्माण भएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माणको लागि शिलान्यास गरिएको थियो । धेरै बिवादको बिच पछि रानिपोखरीको पुरानै स्वरुपमा पुनर्निर्माणको काम सुरु भएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर तयार भएको छ ।
प्रधानमन्त्री पनि उपस्थीत उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीले र प्रधानमन्त्रीले अब अन्य सम्पदा क्षेत्रहरु चाडै पुनर्निर्माणको कामले अन्तिम रुपलिने आशा व्यक्त गरेका छन् ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १३:१४ मा प्रकाशित






























