back
CTIZAN AD

किसानको धान खरिद गर्नका लागि सहकारीलाई अनुदान

वि.सं.२०७७ कात्तिक ५ बुधवार

636 

shares

५ कात्तिक, काठमाडौं । सरकारले किसानको धान खरिद गर्नका लागि सहकारीलाई अनुदान प्रदान गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थासहित सहकारीलार्ई प्रतिक्विन्टल रु ११२ अनुदान दिने मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले बताए।

मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका, २०७७ पारित गर्दै सहकारीलाई सहयोग गर्ने भएको हो । सहकारीले यसरी न्यूनतम मूल्यमा धान खरिद गर्दा सरकारले धानको न्यूनतम समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ८८५ तोकेको थियो ।

उनले कृषि उत्पादन र कृषकको हितमा हुने तथा धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी भएमा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने बताए। करिब १७५ सहकारीले डेढ लाख मेट्रिक टन धान खरिद गर्न सक्ने आशय व्यक्त गरिसकेको उपसचिव आचार्यले जानकारी दिए। उनका अनुसार मन्त्रालयले चाँडै नै सूचना प्रकाशित गरी सबै सहकारीलाई आह्वान गर्ने छ ।

धान खरिद गर्दा सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारित गर्नेछन् । यसरी न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुने र किसान लाभान्वित हुनेछन् भने सहकारीमार्फत काम हुँदा कृषिमा सहकारीको भूमिका कुरामा मात्रै होइन, व्यवहारमा समेत स्थापित हुँदै जाने उनको भनाइ छ ।

उपसचिव डा आचार्यका अनुसार कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने मन्त्रालयका योजना रहेको बताए । रासस

वि.सं.२०७७ कात्तिक ५ बुधवार १३:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...