back
CTIZAN AD

चाडबाडको मुखैमा भारतमा आँशु निस्कने गरि बढ्यो प्याजको मूल्य, नेपालमा कस्तो रहला प्रभाव ?

वि.सं.२०७७ कात्तिक ५ बुधवार

699 

shares

काठमाडौं । चाडबाड सुरु हुँदै गर्दा भारतमा प्याजको मुल्यमा फेरि अनौठो बढोत्तरी आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो १/२ दिनको बीचमै प्याजको मुल्यमा प्रतिकेजी भारु २० देखि ३० ले बृद्धि भएको हो । खुद्रा बजारमा प्याजको मुल्य भारु १०० सम्म पुगेको बताइएको छ ।

भारतका विभिन्न राज्य र शहर बिच्छे भने प्याजको मुल्य फरक–फरक छ । अधिकांश राज्यमा प्याजको मुल्य भारु ७० देखि ८० सम्ममा बिक्रि भईरहेको छ ।

भारतको उपभोक्ता मामिला मन्त्रालयका अनुसार भारतको दक्षिण र पश्चिमी क्षेत्रमा आएको वर्षा र बाढीका कारण उत्पादन प्रभावित भएसँगै मुल्यमा बढोत्तरी आएको हो । मन्त्रालयले अझै केहि बढ्न सक्ने आकंलन गरेको छ ।

भारतीय सञ्चार माध्यमले उल्लेख गरेअनुसार आगामी तिहारसम्ममा प्याजको मूल्य भारु १०० भन्दा माथि पूग्ने सम्भावना छ ।

नेपालमा पनि प्रभाव पर्ने सम्भावना

भारतले प्याज निकासीमा प्रतिबन्द लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशिएको थियो । प्रतिबन्धसँगै प्याजको मूल्य प्रतिकेजी ४० रुपैयाँबाट एकै पटक महंगीएर १०० भन्दा माथि पुगेको थियो ।

पछिल्लो समय पुनः भारतमा प्याजको मुल्य बढेसँगै त्यसको प्रभाव सिधा पर्ने देखिएको छ । नेपालमा पुनः प्याजको मूल्य अझै बढ्ने आकंलन गरिएको छ ।

हाल नेपाली बजारमा भारतीय प्याजको मूल्य प्रतिकेजी १३० देखि १४० रुपैयाँमा कारोबार भईरहेको छ ।

वि.सं.२०७७ कात्तिक ५ बुधवार १३:०६ मा प्रकाशित

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...