back
CTIZAN AD

झापाको दमक अस्पतालमा सुविधासम्पन्न भवन बनाइँदै

वि.सं.२०७७ कात्तिक ५ बुधवार

786 

shares

५ कात्तिक, दमक । झापाको दमकमा तीन वर्षदेखि जिल्ला स्तरिय सरकारी अस्पतालका रुपमा सञ्चालन हुँदै आएको दमक अस्पतालको भवन अब सुविधा सम्पन्न हुने भएको छ ।

अस्पतालको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले सरकारको रु २० करोड बढीको लागतमा सुविधा सम्पन्न भवन बन्न लागेको हो । अस्पताल सञ्चालन समिति अध्यक्ष तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार अस्पताल परिसरमै सुविधा सम्पन्न अस्पताल भवन बन्न लागेको र त्यसको लागत रु २० करोड ४२ लाख नौ हजार ४०८ रहने छ ।

लिफ्ट तथा अण्डरग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न तीन तले भवन बढीमा ३० महिनाभित्र सम्पन्न हुने जनाइएको छ । निर्माणको जिम्मा श्री लुम्बिनी अर्घाखाँची जेभीले पाएको छ । अस्पतालको दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत शिलान्याास गरेका थिए । रासस

वि.सं.२०७७ कात्तिक ५ बुधवार १२:५२ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...