back
CTIZAN AD

चाडपर्व सुरुभए सङगै सीमा क्षेत्रमा ओहोरदोहोर बढ्दै

वि.सं.२०७७ कात्तिक ५ बुधवार

717 

shares

५ कार्तिक, काठमाडौं । नवलपरासी९बर्दघाट–सुस्तापश्चिम०को सीमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मूख्य नाका बन्द गरेको भए पनि सहायक बाटो र खेतको बाटो भएर किनमेलका लागि भारतीय बजार ओहोरदोहोर भने बढि रहेको छ ।

दैनिक उपभोग्यलगायत चाडपर्वका लागि आवश्यक सामान किनमेल गर्न नेपालीहरु कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै सस्तो पाइने लोभमा भारतीय बजार पुग्ने गरेका छन् । सीमासँग जोडिएका नजिकका भारतीय बजारमा अहिले किनमेल गर्ने नेपालीको घुइचो लाग्ने गरेको छ ।सामान किनमेल गर्ने तथा नाता सम्बन्धका कारण पनि सीमा क्षेत्रका बासिन्दा दैनिक जसो नै ओहोरदोहोर गर्ने गरेका छन् ।

औषधी उपचार गर्नसमेत नेपाली नजिकका भारतीय बजारमै जाने गर्छन् । चाडपर्वमा लत्ताकपडा तथा दैनिक उपभोग्य सामान किन्न, जिल्लाको सुनवल, बर्दघाट, भूमही, परासीसहित नवलपुर र नारायणगढबाट समेत गाडी नै रिर्जभ गरी मानिसहरु किनमेलका लागि भारतीय बजार ठूटीबारी आउने गरेका सीमा क्षेत्र महेशपुरका स्थानीय धु्रवनारायण बानियाँले जानकारी दिएका छन् । रासस

वि.सं.२०७७ कात्तिक ५ बुधवार १२:४८ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...