back
CTIZAN AD

चाडपर्वमा घर जाने नागरिकका लागि अग्रिम टिकट नखुले पनि समस्या भएन

वि.सं.२०७७ कात्तिक ५ बुधवार

585 

shares

५ कात्तिक, काठमाडौं । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् ।

दशैँका समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौँ उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागलले जनाएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए। बिगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेको पाइएको यी यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उनले बताए ।

उनका अनुसार आबश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन् । उनले भने, “हामीले यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ ।” विगत वर्षमा झण्डै २० लाखले दशैँमा घर जाने गरे पनि यो वर्ष झण्डै चार/पाँच लाख मात्रै जाने अनुमान गरिएको छ ।

विगतका वर्षमा भीडभाड हुने गरेकामा अहिले लामो र मध्यम रुटका गाडी छुट्ने स्थानमा भीडभाड कम देखिएको छ । विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमनसमेत गरिरहेको छ । केही दिन पहिले मात्रै सरकारले सार्वजनिक सवारीसाधनमा सिटअनुसार यात्रु राख्न पाउने र तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको थियो । रासस

वि.सं.२०७७ कात्तिक ५ बुधवार १२:३६ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...