back
CTIZAN AD

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच भेटवार्ता भएको पुष्टी, यस्तो भएको थियो छलफल

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

603 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेको कुरा पुष्टि भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेटबारे एक प्रेस नोट जारी गर्दै पुष्टी गरेका हुन् ।

उनका अनुसार प्रधानमन्त्री ओली र गोयलका बीच बुधबार बेलुका भेटवार्ता भएको थियो । ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ, उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’, थापाले प्रेस नोटमा भनेका छन् ।

के–के भए छलफल ?

ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार भेटवार्ता दुई देशबीचको समस्या समाधानमा केन्द्रित थियो । भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्णं सम्बन्ध खलबलिन नदिने विषय आफ्नो धारणा राखेको कुरा थापाले खुलाएका छन् ।

उनले भनेका छन्, ‘भेटका क्रममा उहाँले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।’

रअ प्रमुख गोयल बुधबार दिउसो भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं ओर्लिएका थिए । उनले काठमाडौं बसाईँका क्रममा केहि महत्वपूर्णं भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका केही शीर्ष नेता र प्रतिपक्षी दलका केही शीर्ष नेतासँग छलफल गरेका थिए ।

उनी बिहिबार बिहान दिल्ली फर्किएका छन् । गोयलको २१ घण्टे काठमाडौं बसाईँलाई निकै अर्थपूर्णं रुपमा हेरिएको छ । जसले सत्तारुढ पार्टीभित्र र बाहिर निकै ठूलो तरंग पनि सिर्जना गराएको छ ।

वि.सं.२०७७ कात्तिक ६ बिहीवार १३:३९ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...