काठमाडौं । पूर्वप्रधानमन्त्री एंव सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ०का प्रमुख सामन्तकुमार गोयलसँग कुनै भेटवार्ता नभएको बताएका छन् । बिहिबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले गोयलसँग भेटवार्ता नभएको बताएका हुन् ।
नेता नेपालले आफुँबारे आएका समाचार गलत भएको बताएका छन् । ‘पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) October 22, 2020
रअका प्रमुख सामन्तकुमार गोयल भारतीय सेनाको विशेष विमानमार्फत बुधबार काठमाडौं ओर्लीएका थिए । उनले काठमाडौं बसाईँका क्रममा केहि महत्वपूर्णं भेटवार्ता गरेर फर्किएका छन् ।
बिहिबार फर्किएका गोयलले काठमाडौं बसाईँका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि महत्वपूर्णं शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । उनले धबार राती होटल हायातमा दिएको रात्रीभोजमा सत्तारुढ र प्रतिपक्षी दलका उच्च स्तरका नेता सहभागी भएको विषय बाहिरिएको छ । भोजमा केहि सुरक्षा निकायका उच्च अधिकारी पनि सहाभागी भएको चर्चा छ ।
वि.सं.२०७७ कात्तिक ६ बिहीवार १३:५५ मा प्रकाशित






























