back
CTIZAN AD

सभामुखद्धारा दशैंको शुभकामना, परिवारजनमा सीमित भएर पर्व मनाउन आग्रह

वि.सं.२०७७ कात्तिक १० सोमवार

726 

shares

१० कात्तिक, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताएका छन् ।

सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको पनि बताएका छन् ।

वि.सं.२०७७ कात्तिक १० सोमवार ०६:२६ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...