back
CTIZAN AD

माछापुच्छ्रे बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७३ पुस २४ आइतवार

942 

shares

machha-puychre-bank

पोखरा । माछापुच्छ्रे  बैक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको २०.७५ प्रतिशत वोनस शेयर (कर प्रयोजनका लागी १.०९ प्रतिशत नगद लाभांश) तथा तत्पश्चात कायम हुने चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुकोे तर्फबाट राम मान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्व प्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

हाल रु. ३ अर्व ८६ करोड चुक्ता पुँजी रहेको यस बैकको चुक्ता पूँजी हाल जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयर पश्चात रु. ५ अर्ब ७९ करोड, १८औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर जारी भए पश्चात रु. ६ अर्ब ५९ करोड र सोही वार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी भए पश्चात रु. ७ अर्ब ३९ करोड कायम हुनेछ ।
बैंकले आ.व. २०७३।७४ को पहिलो त्रैमास सम्ममा रु. २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७३ असोज मसान्त सम्ममा रु ५८ अर्व १३ करोड निक्षेप परिचालन गरी रु. ४९ अर्व ८७ करोड कर्जा प्रवाह गरेको छ ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र आफ्नै ७२ वटा एटिएमबाट ४ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७३ पुस २४ आइतवार ०६:४६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...