back

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

138 

shares
RBB AD
NTC AD

१४ कात्तिक, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ ।

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ०९:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली...

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

लुम्बिनी । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको...

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत...

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध...

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि...

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

काठमाडौं । हेटौडाको गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन...