back
CTIZAN AD

लुम्बिनी प्रदेश प्रहरीद्धारा बालविवाह न्यूनीकरण अभियान शुरु

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

813 

shares

१४ कात्तिक, तुलसीपुुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ ।

पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि १५ दिने बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

“उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन तर विभिन्न कारणबाट उमेर नपुग्दै विवाह गर्ने गरेको पाइन्छ”, उनले भने “यसबाट शारीरिक र मानसिक रोगको सिकार हुने, घरेलु हिंसामा वृद्धि हुने, विवाहपछि पढाइ बिग्रने, विभिन्न पारिवारिक, सामाजिक, आर्थिक असर परी कानूनको उल्लङ्घन हुनुका साथै विभिन्न अपराधसमेत सिर्जना हुनसक्ने जोखिम बढेको छ ।”

प्रदेशका १२ जिल्लाका सबै प्रहरी कार्यालयले लक्षित वर्गसम्म पुगी बालविवाह निरुत्साहन तथा नियन्त्रण गर्न, कानून कार्यान्वयन प्रभावकारी बनाउन, आम जनता, स्थानीय तहहरु, सञ्चारमाध्यम, नागरिक समाजलगायत सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्यक्रम चलाउने उनले जानकारी दिए ।

उनका अनुसार अभियानले बालविवाह गैरकानूनी कार्य हो भनी जनचेतना अभिवृद्धि गर्ने, बालविवाह गराउनेलाई कानूनी कारवाही गर्ने, बालविवाह विरुद्ध प्रहरी अभियानको सहकार्यमा अभिवृद्धि गर्नेलगायतका उद्देश्य लिएर कार्यक्रम शुरु गरिएको हो । अभियान कात्तिक १४ गतेदेखि कात्तिक २८ गतेसम्म चल्ने छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–११ मा विवाहसम्बन्धी कसुरमा बालविवाह भएमा विवाह स्वतः बदर हुने तथा कसुर गर्नेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवानासमेत तोकिएको छ ।

लुम्बिनी प्रदेशमा पछिल्लो तीन आर्थिक वर्षमा ४९ बालविवाहका घटना प्रहरीसमक्ष पुगेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा नौ, ०७५/०७६ मा २२ र ०७४/०७५ मा १८ बालविवाह भएका मुद्दा प्रहरीसमक्ष आएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार प्रदेशभर सबैभन्दा धेरै वालविवाह गर्नेमा १६ वर्षमुनिका रहेका छन । रासस

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ११:४५ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...