१६ कात्तिक, रुपन्देही । कोरोना संक्रमणबाट रुपन्देहीमा पनि थप एकजनाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं १ का ९५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान १०ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार शनिबार अस्पतालको फिभर क्लिनीकमा आइसोलेसनमा भर्ना भएका उनमा ज्वरो, स्वास प्रश्वासमा समस्या रहेको थियो ।
सोहि समय गरिएको श्वाव परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १४:२६ मा प्रकाशित






























