back
CTIZAN AD

यातायात सेवा कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि सेवा प्रभावित

वि.सं.२०७७ कात्तिक १६ आइतवार

552 

shares

१६ कात्तिक, मकवानपुर । वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गर्न बाध्य भएको कार्यालयले जनाइएको छ ।

सो कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका केही कर्मचारी र सो कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैंक हेटौँडा शाखाका कर्मचारीमा समेत कोभिड प्रकोपबाट पीडित हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको सो कार्यालयका कार्यालय प्रमुख भक्तराज भण्डारीले बताए ।

उनले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकिएको पनि बताए ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका १३ कर्मचारीमध्ये १० जना कर्मचारीलाई कोभिड पुष्टि भएकाले सो बैंकले पनि आजदेखि सबै प्रकारका सेवा केही दिनका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । रासस

वि.सं.२०७७ कात्तिक १६ आइतवार १४:३७ मा प्रकाशित

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...