back
CTIZAN AD

नेप्से परिसूचक १२ अङ्क घट्यो

वि.सं.२०८३ जेठ ७ बिहीवार

420 

shares

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अङ्कले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज बजार घट्दा कारोबार रकम बढेर रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ ।

बुधबार ३० दशमलव शून्य आठ अङ्कले उकालो लाग्दा रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्य बारबारको शेयर खरिद बिक्री भएको थियो । आज ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने नौ कम्पनी स्थिर छन् । आज ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको हो ।

आज सबै समूहका परिसूचकको गिरावट दर एक प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ शून्य दशमलव ५७, विकास बैंक शून्य दशमलव ३१, फाइनान्स शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ८६, हाइड्रोपावर शून्य दशमलव ६८, लगानी शून्य दशमलव ३३, जीवन बिमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, माइक्रोफाइनान्स शून्य दशमलव ४५, निर्जीवन बिमा शून्य दशमलव ४२ र अन्य शून्य दशमलव ३१ प्रतिशत घटेको छ भने व्यापार समूह स्थिर रहेको छ ।

आज बुङ्गल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव २६ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अपर लोहोरेखोलाको शेयर मूल्य १४ दशमलव ९५ प्रतिशतले घटेको छ ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:२५ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...