back
CTIZAN AD

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

वि.सं.२०८३ जेठ ७ बिहीवार

1.1K 

shares

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्वन्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो ।

बैठकले यही जेठ ६ गते ९५ वर्षको उमेर निधन हुनुभएका पूर्वन्यायाधीश प्रधानन्यायालयमा हुँदा न्याय तथा कानुन क्षेत्रमा राष्ट्रलाई पु¥याउनुभएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो ।

“स्वर्गीय प्रधान देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दख्खल राख्ने, लगनशील, मिलनसार, सहृदयी, मृदुभाषी एवं अनुभवी न्यायिक व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो”, बैठकपछि सहप्रवक्ता निराजन पाण्डेले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “नेपालको न्यायिक र कानुनी इतिहासमा निष्पक्षता, बौद्धिकता र निष्ठाका पर्यायका रुपमा परिचित निधनबाट न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ । उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ ।”

स्वर्गीय प्रधानले विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभई विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । उहाँ २०५१ साल पुस ५ गतेसम्म कार्यरत थिए ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:२० मा प्रकाशित

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...