१६ कात्तिक, काठमाडौं । यो साताको सुरुवातीमै सुनको भाउ फेरि उकालो लाग्न थालेको छ ।
शुक्रबारको बजारमा प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबारको बजारमा भने ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय र चाँदी प्रतितोला ११९५ रुपैयाँमा कारोबा भइरहेको छ ।
वि.सं.२०७७ कात्तिक १६ आइतवार १४:३८ मा प्रकाशित






























