back
CTIZAN AD

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

वि.सं.२०८३ जेठ ८ शुक्रवार

246 

shares

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत तमु समुदायका ४० जना विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । बैंकले तमु धिं नेपालसँगको सहकार्यमा उक्त सहयोग उपलब्ध गराएको हो ।

तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा घोषणा गरिएको सहयोग अन्तर्गत गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको बैंकले जनाएको छ ।

पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मा कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबी बैंक गण्डकी प्रदेश प्रमुख राजीव रञ्जितले संयुक्त रूपमा सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमुख राजीव रञ्जितले तमु धिं नेपालसँगको सहकार्यमार्फत शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकले निरन्तर योगदान दिँदैआएको बताए ।

एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:५२ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...