back
CTIZAN AD

किन छोडिन त दीपिकाले ‘कृष्ण लीला’ ?

वि.सं.२०७७ कात्तिक १९ बुधवार

642 

shares

काठमाडौँ । दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लीला’ मा अभिनेत्री दिपिका प्रसाईंले हात हटाएकी छन् ।
दीपिकाले स्वास्थ्य समस्याको कारण देखाउँदै उक्त चलचित्रमा काम गर्न असमर्थ भएपछि उनको ठाउँमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । थाइराट र माइग्रेसनको समस्याले पीडित भएका कारण दीपिकाले चलचित्र गर्न नसकेको निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा दीपिकाको ठाउँमा भित्रिएकी श्रद्धा क्षेत्री लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । यो उनको डेब्यू चलचित्र भने होइन । यसअघि उनले अभिनेता पल शाहसँग चलचित्र ‘हृदयभरी’ मा काम गरेकी छन् । यो फिल्म प्रदर्शनको पखाईमा छ । ‘कृष्ण लीला’ मा भने उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन् । यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छिन् ।

प्रेमकथामा आधारित हुने चलचित्रमा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रको छायाँकन मंसिर १५ गतेबाट सुरु हुनेछ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १२:१९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...