back
CTIZAN AD

तपाईको आज (शुक्रबार) को राशिफल भन्छ-आज यी राशिकालाई हुनेछ विशेष लाभ

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

669 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ । पहिरन र खानपानले केही खर्च पनि बढाउला । प्रयत्न गर्दा काम भने बनाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ। सामाजिक दायित्व बढ्नेछ । खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुन सक्छ। पदासीन व्यक्तिहरूले केही अवरोध गर्न सक्छन् । तापनि पहिलेको उपलब्धिले नयाँ अवसर दिलाउने ग्रहयोग देखिन्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । पहिले टाढिएका साथीभाइ भेटिनाले खुसियाली छाउनेछ । कर्जामार्फत धन जुट्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा उठााउन नसकिएला । लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको लगानीले भने फाइदै दिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्ने समय छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ । केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। आम्दानी पनि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि अलि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ । भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला । लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ । टाढिएका आफन्तजन नजिकिनेछन् । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

वि.सं. २०७७ कात्तिक २१ शुक्रवार (इ.स. २०२० नोभेम्बर ६)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (विहिबार) को राशिफल, आज कुन राशिका व्यक्ति हुनेछन् त लाभान्वित ?

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ०७:२८ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...