back
CTIZAN AD

कोरोना भाइरससम्बन्धी जनसचेतना फैलाउन एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

753 

shares

२१ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा एनसेलले यसबाट बच्न जनचेतना फैलाउने अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यो कार्य गरेको हो ।

कोरोना भाइरससम्बन्धी जनसचेतनामा अभिवृद्धिको अभियानमा व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाईएको छ ।

यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस विषम् परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै हाल तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं ।’

निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ११:२२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...