२१ कात्तिक, काठमाडौं । रोमानियामा ५५० भन्दा बढी नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्य दूत तथा एनआरएनएका आइसीसी सदस्य नवराज पोखरेलका अनुसार रोमानियामा ५५० जना नेपाली संक्रमित भएकोमा ४५० जना निको भइसकेका छन् भने झण्डै १ सय नेपाली सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय रोमानियामा कोरोना संक्रमण बढिरहेको र विहिबार मात्रै ९,७१४ जनामा कोरोना संक्रमण देखिएको छ ।
रोमानियामा कोरोना संक्रमण दिनहुँ बढ्दै गएको र नेपालीहरु पनि संक्रमित हुने क्रम बढिरहेको अवस्थामा सावधानी अपनाउन रोमानियामा रहेका नेपालीमा पोखरेलले अनुरोध गरेका छन् ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १३:१७ मा प्रकाशित






























