यतिबेला पार्टी भित्र नत प्रधान मन्त्रीको राजिनामा कसैले मागेको छ । नत, पार्टी भित्र प्रधान मन्त्री हुनको लागि कसैले माग गरेको छ । अध्यक्ष कमरेड प्रचण्डले प्रधान मन्त्रीको लागि आएको अफर र अवसर पटक पटक त्यागेर पार्टी एकता गरेर आएको दृष्टान्त दिनको घामझै छर्लंङ् छ ।
पार्टी भित्रको संघर्ष पद, प्रतिष्टा अवसरका लागि होईन । सुदृष्ट्रिवाट हेरौं संघर्ष पार्टी निर्णयको पालना, पध्दतिमा हो । पार्टी सरकारको काम संस्थागत होस, सिङ्गो पार्टी देश जनताले अपनत्वको अनुभुत गरोस भन्ने सम्म हो । पार्टी भित्र संघर्ष पार्टीको संस्थागत लाईन ‘जनताको जनवाद’ मा टेकेर समाजवादको तयारीका लागि हो । संघर्ष बिचार दृष्ट्रिकोणमा पुँजिवादी यथास्थितिवादमा कैद हुने कि ? नेपाली मौलिकता सहितको बैज्ञानिक समाजवादी बिचारमा दृढतापुर्वक अगाडि बढ्ने भन्ने सम्म हो ।
संघर्ष नक्कली राष्ट्रवादको नौंटङकी प्रहर्सन गरि एकछिन जगलाई भुल भुलैयामा पार्ने आत्मरतिका लागि होईन । आत्मसम्मान स्वाधिन राष्ट्रियताको मजवुत जगमा सक्कली राष्ट्रवादको ध्वजा सदा सगरमाथाको सिरमा फराई रहनका लागि कष्ट साध्य पथमा अगाडि बढिरहनका लागि हो। राष्ट्रको गौंरव र आत्म सम्मान बचाईं राख्नका लागि हो । संघर्ष, फुटवादी प्रबृतिवाट पार्टी एकतालाईं जोगाउनका लागि हो । पार्टी एकतालाई जोगाउदै र बचाउदै ल्याउन अध्यक्ष कमरेड प्रचण्डले दर्जनौं कम्परमाईंज, त्याग गर्दै आउनुभएको छ ।
अध्यक्ष कमरेड प्रचण्डले यो पार्टी एकता जोगाउन एकपछि अर्को दर्जनौं त्याग गर्दै आउनु भएको छ । स्थायी कमिटिको निर्णय लागू नगर्ने, निर्णयलिदा सल्लाह, सहमति कहि नचाहिने, आफ्नो गुटको भन्दा एकईंचपनि पार्टीको भलोमा राष्ट्र र जनताको हितमा सोच्न नसक्ने निर्लज्जता दिनको घामझैं क्षाङक्षङती भैरहँदा पार्टी प्रचण्डले बिगारेको रे ! पार्टी एकताको बाधक प्रचण्ड हो रे ! अहिलेको समस्या उत्पन्न हुनुमा सबै दोस प्रचण्डको हो रे ! आखिर यो सफेद झुटको खेती कहिलेसम्म गर्ने कमरेड ? के यहि एकाङ्की पुर्वाग्रहि हेपाह र ढाँटको सोचले पार्टी एकताको रक्षा र कम्युनिष्ट आन्दोलनको भबिस्य बचाउन सम्भब छ ?
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १३:११ मा प्रकाशित






























