back
CTIZAN AD

नेपाली संचारमाध्यमले लैङ्गिक दुस्बोधन गरेकोमा पारलैङ्गिक अधिकार समूहको गम्भिरध्यानाकर्षण

वि.सं.२०७७ कात्तिक २३ आइतवार

1.2K 

shares

२३ कार्तिक, काठमाडौँ । संयुक्त राष्ट्र अमेरिकाको देलावर राज्यको माथिल्लो सदनमा निर्वाचित सारा म्याकब्राइड (Sarah McBride)  सम्बन्धी नेपाली आम सञ्चार माध्यमहरूले प्रकाशन गरेको समाचारहरूप्रति पारलैङ्गिक अधिकार समूहले ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचित म्याकब्राइड एक पारलैङ्गिक महिला हुन् । उनले आफूलाई पारलैङ्गिक महिला भनी नै पहिचान गरेकी छन् । तर नेपाली आम सञ्चार माधमहरूले उनलाई ‘तेस्रो लिङ्गी’ भनी उल्लेख गरी समाचार प्रकाशनमा ल्याएकोमा पारलैङ्गिक अधिकार समूहले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

समूहद्वारा जारी ध्यानाकर्षण वक्तव्यमा ‘कुनै व्यक्तिले आफूलाई कसरी पहिचान गर्छ भन्ने विषय नीजलाई नै सोधुपर्छ, ऊ स्वयम्‌ले बताउने विषय हो । कुनै व्यक्तिले आफूलाई पहिचान गर्ने लैङ्गिक शब्दावली प्रतिकूल अन्य लैङ्गिक शब्दावली प्रयोग गरिदिनु लैङ्गिक दुस्बोधन  (misgendering)  हो ।’ भनिएको छ ।

समूहले वक्तव्यमार्फत सम्पूर्ण आम सञ्चारका माध्यमहरूलाई लैङ्गिक विषयवस्तुमा संवेदनशील हुन, पारलैङ्गिक व्यक्तिहरू बारे भ्रम नफैलाउन, कुनै व्यक्तिलाई लैङ्गिक दुस्बोधन नगर्न आवहान गर्दै सारा म्याकब्राइड सम्बन्धी प्रकाशनमा आएका समाचारहरूमा त्रुटी सच्याउन समेत आवहान गरेको छ ।

हेर्नुस् यस्तो छ पारलैङ्गिक अधिकार समूहद्वारा जारी वक्तव्य :

विषय : संयुक्त राष्ट्र अमेरिकाको देलावर राज्यको माथिल्लो सदनमा निर्वाचित सारा म्याकब्राइड (Sarah McBride) बारे नेपाली आम सञ्चार माध्यमहरूले लैङ्गिक दुस्बोधन (misgendering) गरेको सम्बन्धी ध्यानाकर्षण गराइँदै ।

 संयुक्त राष्ट्र अमेरिकाको देलावर राज्यको माथिल्लो सदनमा निर्वाचित सारा म्याकब्राइड (Sarah McBride) सम्बन्धी नेपाली आम सञ्चार माध्यमहरूले प्रकाशन गरेको समाचारहरू प्रति यस पारलैङ्गिक अधिकार समूहको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचित म्याकब्राइड एक पारलैङ्गिक महिला हुन् । तर नेपाली आम सञ्चार माधमहरूले उनलाई ‘तेस्रो लिङ्गी’ भनी उल्लेख गरी समाचार प्रकाशनमा ल्याएका छन् । उनका सबै सामाजिक संजाल, वेबसाइट, अन्तरवार्ता लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन भएका समाचारहरू समेत हेर्दा उनले कतै आफूलाई ‘तेस्रो लिङ्गी’ (third gender) भनेर पहिचान गरेका छैनन् । सारा म्याकब्राइडले आफूलाई पारलैङ्गिक महिला भनी नै पहिचान गरेका छन् ।

आफूलाई ‘तेस्रो लिङ्गी’ भनी पहिचान गर्ने व्यक्तिहरू पनि छन् । महिला र पुरुष बाहेक अर्धलैङ्गिक (demigender), दुईलैङ्गिक (bigender), द्रवलैङ्गिक (gender fluid), लैङ्गिक गैर-अनुरूपी (gender non-conforming), गैर-द्वयसांखिक (non-binary) लगायत थुप्रै लैङ्गिक पहिचानहरू छन् । यद्यपि महिला र पुरुष बाहेकको लैङ्गिक पहिचानहरूको अस्तित्वलाई अङ्गिकार गर्दै हामी महिला र पुरुषकै लैङ्गिक पहिचान अन्तर्गतका पारलैङ्गिक महिला र पारलैङ्गिक पुरुषहरूको अस्तित्वलाई नकर्न मिल्दैन । कुनै व्यक्तिले आफूलाई कसरी पहिचान गर्छ भन्ने विषय नीजलाई नै सोधुपर्छ, ऊ स्वयम्‌ले बताउने विषय हो । कुनै व्यक्तिले आफूलाई पहिचान गर्ने लैङ्गिक शब्दावली प्रतिकूल अन्य लैङ्गिक शब्दावली प्रयोग गरिदिनु लैङ्गिक दुस्बोधन (misgendering) हो ।

हामी सबैमाझ फेरी स्मरण गराउन चाहन्छौँ कि हामी पारलैङ्गिक पुरुषहरू पुरुष हौँ र हामी पारलैङ्गिक महिलाहरू महिला हौँ । हामीलाई बाध्यकारी जबरजस्ती ‘तेस्रो लिङ्गी’ पहिचान थोपार्नु वा लाद्नु हाम्रो संविधान प्रदत्त लैङ्गिक पहिचानको हक विरुद्ध हो । नेपाली भाषामा ‘ट्रान्सजेण्डर’ भन्ने शब्द छ – र त्यो हो ‘पारलैङ्गिक’ । अङ्गेज्री शब्द ‘ट्रान्सजेण्डर’लाई नेपालीमा ‘तेस्रो लिङ्गी’ भनी उल्था गर्ने अभ्यासले पारलैङ्गिक व्यक्तिहरू सम्बन्धी समाजमा दिगभ्रम फैलाउन योगदान गरेको छ । यसरी आम सञ्चारका माध्यमहरूले गलत सूचना प्रवाह गर्दा यसले यतिकै पनि अनेकौँ सामाजिक भ्रम, अन्धविश्वास र मिथ्याविचारको शिकार भइरहेका पारलैङ्गिक व्यक्तिहरूको सामाजिक स्वीकार्यतामा प्रतिकूल असर पुर्याउँछ भने राज्यबाट आफ्नो पहिचानको लागि संघर्षतः रहेको हाम्रो आन्दोलनमा समेत प्रतिकूल असर पुर्याउँछ ।

हामी पारलैङ्गिक महिलाहरू ‘महिला’कै रूपमा चिनिन समाजमा र त्यसै अनुसार आफ्नो कागजातहरू बनाउनका लागि राज्यसँग समेत संघर्ष गरिरहेकाछौँ । हामी पारलैङ्गिक पुरुषहरू ‘पुरुष’कै रूपमा चिनिन समाजमा र त्यसै अनुसार आफ्नो कागजातहरू बनाउनका लागि राज्यसँग समेत संघर्ष गरिरहेकाछौँ । हामी पारलैङ्गिक महिला तथा पुरुषहरू ‘महिला’ ‘पुरुष’ भनी पहिचान गर्दा गर्दै हामीलाई महिला पनि होइन पुरुष पनि होइन भनेर तुल्याउने प्रकारको शब्दवली र सामाग्री प्रकाशनमा आउँदा यसले हामीलाई धेरै तरिकाले नकरात्मक प्रभाव गरि नै रहेको छ ।

तसर्थ हामी सम्पूर्ण आम सञ्चारका माध्यमहरूलाई लैङ्गिक विषयवस्तुमा संवेदनशील हुन, पारलैङ्गिक व्यक्तिहरू बारे भ्रम नफैलाउन, कुनै व्यक्तिलाई लैङ्गिक दुस्बोधन नगर्न आवहान गर्दै सारा म्याकब्राइड सम्बन्धी प्रकाशनमा आएका समाचारहरूमा त्रुटी सच्याउन समेत आवहान गर्दछौँ ।

 

वि.सं.२०७७ कात्तिक २३ आइतवार १४:२१ मा प्रकाशित

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण...

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे...

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

ताप्लेजुङ । समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको...

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न...

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

झापा । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका...