२३ कात्तिक काठमाडौं । नेपाल बैंकले ८४ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल बैंक लिमिटेडले शुुक्रबार बार्षिकउत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बैकका अनुसार प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजकत्वमा गठित अतिरिक्त कृयाकलाप उपसमितिले लायन्स क्लव अफ बैंकर्स तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य दाताहरु समेत ८९ जनाले रक्तदान दिएका थिए । उक्त रक्तदान कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले नेपालको फ्ल्यागशीप बैंकको रुपमा रहेको यस बैंकले आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै सहुलियत पूर्ण तथा प्रतिष्पर्धि ब्याजदरमा कर्जा लगानी गर्दे आउनुका साथै बिभिन्न निक्षेप खाताहरुमा कार्ड निःशुल्क प्रदान गरिएको जानकारी दिएका छन् ।८४औ बार्षिकोत्सवका अबसरमा बैंकद्वारा थप १२ शाखा तथा २ एक्स्टेन्सन काउण्टरहरु मार्फत सेवा बिस्तार गर्दैछ ।
रक्तदानका साथै बैंकद्वारा ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा अन्य बिभिन्न कार्यक्रमहरु जस्तै टेलिभिजनमा आर्थिक बहस कार्यक्रम, आर्थिक लेखहरुको बिशेषङ्क प्रकाशन, बैंकको डकुमेण्ट्री प्रसारण आदी कार्यक्रमहरु समेत संचालन गर्दैछ ।
बैकले हाल देशको ६४ जिल्लामा रहेका आफ्ना एक सय ९१ शाखा, एक सय २६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउदै आइरहेको छ ।
वि.सं.२०७७ कात्तिक २३ आइतवार १४:१९ मा प्रकाशित





























