back
CTIZAN AD

सार्वजनिक स्थलमा बन्दै छ हात धुने अड्डा

वि.सं.२०७७ कात्तिक २३ आइतवार

768 

shares

२३ कात्तिक, अमरगढी । डडेल्धुराको एक गैरसरकारी संस्थाले सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न लागेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन यहाँका १३ सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा जनाएको छ ।

अहिले कार्यालयलगायत संघसंस्था आफैँले पनि कार्यालय बाहिर हात अनिवार्य धुने व्यवस्था गरेका छन् । सार्वजनिकस्थल र केही सरकारी कार्यालय बाहिर भने रुडुकले हात धुने अड्डा बनाउन लागेको हो ।

खुट्टाले च्याप्दा पानी आउने अड्डा बनाउन लागिएको रुडुकले जनायो । जिल्ला प्रशासन, नापी र मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र माविमा पाँच सय लिटरको ट्यांकी राखिने छ । यस्तै गन्याधुरा गाउँपालिका र परशुराम नगरपालिकाका दुईदुई स्थान र नवदुर्गा गाउँपालिकाको एक स्थानमा हात धुने अड्डा बनाइने छ ।

बसपार्क, नापी र मालपोत कार्यालयलगायत स्थानमा भने हात धुने अड्डा बनाई सञ्चालनमा आएको छ । रुडुकद्वारा सञ्चालित स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रमअन्तर्गत हात धुने अड्डा बनाइएको कार्यक्रम संयोजक अनुप सिंहले बताए । यसै कार्यक्रमअन्तर्गत रुडुकले एक हजार घरधुरीमा बाल्टिन र साबुन पनि वितरण गरेको छ । रासस

वि.सं.२०७७ कात्तिक २३ आइतवार १६:०० मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...