२३ कार्तिक, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवशे गर्नको लागि आज सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्स र सनराइजर्स हैदरावाद भिड्दैँ छन ।
२०२० को आईपिएलमा अहिलेसम्म मौका नपाएका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने यस खेलमा मौका पाउने सम्भावना निकै उच्च रहेको छ ।
हैदरावाद विरुद्धको खेलमा ३ विदेशी खेलाडी मार्कस स्टोइनिस, कागीसो रबाडा र एनरिच नोत्र्जेले खेल्ने निश्चित नैँ देखिन्छ ।
लतागार दुई खेलमा मौका पाएका डेनियल श्याम्सले दुवै खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले मुम्बई विरुद्धको खेलमा ४ ओभर गदैँ विनाविकेट ४४ रन खर्चेका थिए । लगातार मौका पाएर राम्रो प्रदर्शन गर्न नसकेका डेनियल श्याम्र्स प्लेइङ्ग इलेवनबाट बाहिरिने सम्भावना निकै उच्च देखिन्छ ।
युएईको पिच स्पिनरका लागि अनुकूल भईरहेको अवस्थामा डेनियन श्याम्र्सको स्थानमा दिल्लीले आजको खेलमा सन्दिपलाई मौका दिन सक्छ । त्यसैगरि भारतीय क्रिकेट टिमका पुर्वखेलाडी आकाश चोपडाले यस खेलका लागि बनाएको दिल्लीको सम्भावित प्लेइङ्ग इलेवनमा सन्दिप लामिछानेलाई टिममा राखेका छन ।
दिल्लीको सम्भावित प्लइङ्ग इलेवन:
शिखर धवन, अजिंक्य राहणे, श्रेयर अय्यर, रिषभ पंत, मार्कस स्टोइनिस, अक्सर पटेल, सन्दिप लमिछाने/शिमरोन हिटमायर, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोत्र्जे, हर्षल पटेल ।
हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन:
डेविड वार्नर, रिद्धिमान शाह, मनिष पाण्डे, केन विलियमसन, जेशन होल्डर, प्रियम गर्ग, अब्दुल समद, रासिद शान, सन्दिप शर्मा, शाबाज नदिम, टि नटराजन ।
वि.सं.२०७७ कात्तिक २३ आइतवार १६:०५ मा प्रकाशित
























