back
CTIZAN AD

काम नगर्ने ठेकेदारलाई कालोसूचि देखि कारबाहीसम्मको प्रक्रिया सुरु

वि.सं.२०७७ कात्तिक २६ बुधवार

990 

shares

२६ कार्तिक, काठमाडौं। डिभिजन सडक कार्यालय काठमाडौँले समयमा काम नसक्ने रुग्ण ठेक्काका अवस्था बुझेर ठेकेदारलाई कारबाहीको प्रक्रिया शुरु गरेको छ ।

डिभिजनअन्तर्गत विभिन्न कारणले समयमा सम्पन्न नभएका ३२ ठेक्का रहेका छन् । ती ठेक्कामा संलग्न निर्माण कम्पनीसँग सम्पर्क गरेर ढिलाइको बारेमा बुझ्न थालिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए । उनका अनुसार तीमध्ये धेरै व्यवसायी सम्पर्कमा समेत आइरहेका छन् । सम्पर्कमा नआएका कम्पनीसँग सम्पर्कको प्रयास गरिएको उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्णय गरेर रुग्ण ठेक्काको अवधि एक वर्ष थप गरेको थियो । उनले भने , “यो महिना भित्रमा कुनकुन ठेक्कामा समस्या के हो भनेर बुझिनेछ । त्यसपछि अर्को प्रक्रियामा जान्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका थिए । केही महिना पहिले डिभिजन सडक कार्यालय लहान र हेटौँडाले काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखेको थियो ।रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार २०:२४ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...