back
CTIZAN AD

हुलाक सेवालाई युग सुहाउँदो बनाउन आवश्यक छ – सञ्चारमन्त्री

वि.सं.२०७७ कात्तिक २६ बुधवार

579 

shares

काठमाडौंं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताएकाछन ।
सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गुरुङले प्राचिन समयमा सञ्चारको एक मात्रै विश्वसनीय माध्यमको रुपमा रहेको हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार अघि बढाउन नयाँ सोचका साथ अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।
बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयको हलमा आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल गरी अघि बढने पनि स्पष्ट पारे। त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना लिएर आउन विभागका पदाधिकारीहरुलाई मन्त्री गुरुङले आग्रह गरे ।
‘हुलाक सेवा प्राचीन समयको सबैभन्दा भरपर्दो सञ्चार माध्यम हो,’ मन्त्री गुरुङले भने,‘यसको सेवालाई बदलिँदो राष्ट्रिय/अन्तराष्ट्रिय परिवेश अनुसार भरपर्दो र विश्वसनीय बनाउन आवश्यक छ ।’
उनले हुलाक सेवाको महत्व विकसित मुलुकहरुमा झनै हुने गरेको उल्लेख गर्दै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन हुलाक सेवा विभागलाई निर्देशन दिए। त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री गुरुङको भनाई छ । उनले हुलाक सेवालाई युग सुहाउँदो बनाउन आवश्यक भौतिक पूर्वाधार, मानव संशाधनको विकासमा जोड दिनुुपर्ने पनि स्पष्ट पारे ।
मन्त्री गुरुङले नेपालमा हुलाक सेवा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको सुधारका लागि नयाँ रणनीतिक योजनाका साथ अघि बढने संकल्प गरे।
उनले निजी क्षेत्रबाट संचालित कार्गो सर्भिसलाई व्यवस्थित बनाउन लागिपर्ने बताए। मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक सेवालाई सुदृढ बनाउने गरी अघि बढन हुलाक सेवा विभागलाई आग्रह गरेका थिए भने विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हुलाक सेवा विभागको कार्ययोजनाबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए। आजै मन्त्री गुरुङले मुद्रण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र सुरक्षण मुद्रण केन्द्रबारे पनि जानकारी लिएका थिए ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १९:२६ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...