back
CTIZAN AD

स्वास्थ्य संस्थालाई सूचीकृत हुन मन्त्रालयको आह्वान

वि.सं.२०७७ कात्तिक २६ बुधवार

681 

shares

२६ कात्तिक, काठमाडौँ । सरकारले होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आज सूचना प्रकाशन गरी होम आइसोलेशनमा रहेका सङ्क्रमितका लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो ।

नेपालमा अहिलेसम्म २८ हजार ३९३ जना होमआइसोलेशनमा छन् । “होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई टेलीमेडिसिन सेवाद्धारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संख्याले महाशाखामा सूचीकृत हुनका लागि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ, “ सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्मा दर्ता हुनुपर्ने छ ।”

स्वास्थ्य संस्थाले सूचीकृत भएर होम आइसोलेशनमा रहेका सङ्क्रमितको उपचार गर्न सक्ने बताइएको छ । नेपालमा सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९, निको एक लाख ६२ हजार २४३ र सङ्क्रमणबाट निधन हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १८:१५ मा प्रकाशित

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...