back
CTIZAN AD

कोरोना उपचारमा कहाँ कति खर्च ? यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण

वि.सं.२०७७ कात्तिक २६ बुधवार

774 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनमा हालसम्म झण्डै ७ अर्व खर्च निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबार प्रेस बिफ्रिङ्गका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खर्च निकासाबारे जानकारी दिएका हुन् ।

उनका अनुसार कोभिड–१९ को संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनमा हालसम्म ६ अर्व ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च (निकासा) भएको छ ।

जसमध्ये हाई डिपेन्डेन्सि युनिट (एचडीयु)का लागि ३ अर्व २५ करोड, प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्रयाक ट्रेसिङ, जोखिम भत्तावापत १ अर्ब १४ करोड २९ लाख ६ हजार र आईसीयु, भेन्टिलेटर र अस्पताल सुदृढिकरणमा १ अर्व २९ करोड ९० लाख रुपैयाँ निकासा भएको जानकारी दिए ।

अब कोभिडको परीक्षण तथा उपचार निःशुल्क

प्रवक्ता गौतमका अनुसार सरकारले कोभिड–१९ उपचार निःशुल्क गराएका बताए । उनका अनुसार लक्षण देखिएका व्यक्तिले सरकारले सुचिकृत गरेका प्रयोगशाला तथा सरकारी अस्पतालबाट निःशुल्क परीक्षण तथा उपचार गराउन पाउने छ ।

तर, कोरोना बीमा गरेका व्यक्तिको उपचार भने बीमा रकमबाटै काटिने छ । इच्छुक व्यक्तिले आफ्नो इच्छाअनुसार पैसा चाहिँ बुझाउन पाउने उनको भनाई छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:५९ मा प्रकाशित

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...