२६ कार्तिक, काठमाडौँ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो पक्षमा बहस गर्ने सम्पूर्ण विद्वान कानुन व्यवसायीहरु आभार व्यक्त गरेका छन् ।
सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएसँगै उनले सबैप्रति आभार व्यक्त गरेका हुन् ।
उनले वक्तव्यमा भनेका छन् ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’
यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको नभै उनले पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील रहेको उनले बताए ।
उनले संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गरेका छन् ।
सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो। सर्वोच्चको फैसलासँगै नेता गौतमलाई मन्त्री बन्ने बाटो खुलेको छ । निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिट अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटोसमेत छेकिएको थियो।
बामदेव गौतमको पक्षमा सर्वोच्चकाे आदेश, मन्त्री बन्ने बाटो खुल्ला
वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:५३ मा प्रकाशित






























