२६ कार्तिक, काठमाडौं। दोलखाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसदको सहयोगमा जिल्लामा कोभिड–१९ को परीक्षण गराउन पिसिआर मेसिन खरिद गरिने भएको छ ।
मेसिन खरिदका लागि प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद् एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री मा पर्वत गुरुङ, बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाई र वागमती प्रदेशसभा सदस्य विशाल खड्काबाट रु ५०÷५० लाख गरी रु एक करोड ५० लाख सहयोग हुने भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे बताए ।
उनले परीक्षणका लागि अन्य उपकरण र जनशक्तिको पनि प्रबन्ध गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए । यो निर्णयसँगै पिसिआर परीक्षणका लागि काभ्रको धुलिखेल जानुपर्ने जिल्लावासी खुशी भएका छन् ।रासस
वि.सं.२०७७ कात्तिक २६ बुधवार २०:३२ मा प्रकाशित






























