२६ कार्तिक, काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिका–५ मा रु ९५ लाख लगानीको नूुना फुटसल निर्माण गरिएको छ । कर्णालीकै दोस्रो तथा ठूलो फुटसल जुम्लामा निर्माण गरिएको छ । तीनजना व्यक्तिको निजी लगानीमा कर्णालीकै ठूलो फुटसल निर्माण गरिएको हो । अखिल नेपाल फुटबल सङ्घ९एन्फा०का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितिमा फुटसल बुधबार उद्घाटन गरिएको हो ।
चन्दननाथ नगरपालिका—५ निवासी निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको रु ९५ लाख संयुक्त लगानीमा फुट्सल निर्माण गरिएको सञ्चालक प्रकाश शाहीले बताए । उनले भने, “दुई वर्ष पहिलको पूर्व तयारीअनुसार फुटसल निर्माण गरेका हौँ । जुम्लालाई स्पोर्ट हबका रुपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालन निर्माण गरेका छौँ ।”
जुम्लामा फुटसलको राम्रो भविष्य देखेकै कारण निर्माण गरेको सञ्चालक निर्पराज भारतीले बताए । पानी, शौचालय, चमेना गृहसहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण भएको छ । एन्फाका केन्द्रीय अध्यक्ष शेर्पाले निजी लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रलाई विकासमा योगदान गरेको बताए । रासस
वि.सं.२०७७ कात्तिक २६ बुधवार २०:४२ मा प्रकाशित

























