back

तिथि प्रणालीको बैज्ञानिकता र हाम्रा नेतृत्वको प्रभाव

वि.सं.२०७७ मंसिर १ सोमवार

723 

shares

प्रकृति र जिवन हार्मोनी र रिदम् हो। तिथि र पर्वहरू मानव कल्याण बिज्ञान हुन्।

मानिसको शरीर वा आन्तरिक जिवन संचालन आफ्नै प्राकृतिक चक्र प्रणाली हुन्छ। २८ दिनको चक्रीय तिथिहरूको खोज वा रहस्य यही मानिसको शरीरक्रियालाई जनाउने रिदम् वा छन्द वा तरंगको चक्र हो। मनुष्यको जिवन प्रणालीमा प्रत्येक तिथिको महत्व र सम्बन्ध छ। खासगरि औँसी, पूर्णिमा, एकादशी र कृष्णपक्षको त्रयोदशी विशेष महत्व राख्छन्।
औँसी र पूर्णिमामा शरीर र मन एकदम अस्थिर, वेचैन, मानसिक असंतुलन हुने गर्छ। मानिसहरू बहुलाउने समेत यिनै तिथिमा सुरू हुने गर्छ। यो दुई तिथि निकै संवेदनशील र गंभीर हुन्छन्।  एकादशी तिथिमा शरीरका कोषहरूले खाना खान रूचि गर्दैनन्।

कृष्णपक्ष त्रयोदशी तिथि महिनाको सबैभन्दा अँध्यारो रात हुन्छ, यसलाई शिवरात्री पनि भनिन्छ। यो रात पृथ्वीबाट विशेष ब्रह्माण्ड उर्जा उत्सर्जन हुनेगर्छ। फागुन महिनाको शिवरात्रीको तिथिलाई महाशिवरात्री भनिन्छ। यो रात वर्षभरिमा नै सबैभन्दा बढी उर्जा उत्सर्जन हुने सबैभन्दा बढी अध्यॉरो रात हुन्छ। आन्तरिक साधनाका लागि हिन्दू समाज ब्यवस्स्थामा यी ४ तिथिका दिन पहिले पहिले बिदा दिईन्थ्यो, खासगरी औँसी र पूर्णेमा ५ दिन बिदामा बसेर साधना गरिन्थ्यो।

नेपाली समाज परिवारमैत्री, प्रकृतिमैत्री, समाजमैत्री कृतज्ञ समाजनै आदर्श समाज हो। यहॉका सबै धर्म पन्थ प्रणाली प्रकृतिपुजक छन्। हिन्दू समातन प्रकृतिपुजक संसकृति हो। जहॉ पनि आदर्श समाजमा कृतज्ञता प्रदर्शन गर्ने चाडपर्वहरू हुन्छन्। जसको सहाराले हाम्रो जिवनसंचालन र ब्यवहार सहज बनेको छ, बॉचेको छ, सुखमय र खुशियालीपूर्ण भएको छ, तिनीहरूप्रति श्रद्धार्पण गर्नु जतिको अनुग्रहित हुनु अरू कसरी हुनसक्छ ?

औँसीको दिन र त्यसको दुई दिनपछि गरी ३ दिन र पूर्णिमाको दिन र त्यसको भोलिपल्ट गरी २ दिन बिदा राखिन्थ्यो। यसरी नियमित महिनाको यी ५ दिन बिदा गरिन्थ्यो, घरघरमा बाहिरी काम नगरेर बिदा मानेका हुन्थे। मानिसको जीवन जब भित्रभित्रै संतुलित हुन्छ अनि मात्र बाहिर ब्यवस्थित हुन सक्छ । यी विदाको लक्ष भित्र संतुलित र बाहिर ब्यवस्थित र सुखमय रहन सहज पार्नु हुन्थ्यो।

मानिसको शरीर प्रणाली भनेकै तिथि ब्यवस्थाको चक्र हो। अरू गते, तारेख, बार वा मितिको जीवनसंग कुनै आन्तरिक औचित्य मानिदैन थियो। त्यसैले आइतबार, शनिवार वा शुक्रबार बिदा दिनुको मानिसको जिवनचक्र प्रणालीसंग कुनै अर्थ छैन। औद्योगिकरणपछि सिंक्रोनाईजेशन गर्न यी बारमा बिदा दिने चलन चलेको मानिन्छ।  नेपालको नेपाल सम्बत तिथिमा आधारित वर्ष क्यालेण्डर प्रणाली हो। तिथिले स्मरणले मानिसलाई आफ्नो रिदममा चल्न सम्झाउने गर्छ। तिथि अनुसारको जिवन संचालन गर्न सकियो भने प्रकृति र ब्यवहारबीच बढी तालमेल हुनेहुन्छ।

नेपाली समाज परिवारमैत्री, प्रकृतिमैत्री, समाजमैत्री कृतज्ञ समाजनै आदर्श समाज हो। यहॉका सबै धर्म पन्थ प्रणाली प्रकृतिपुजक छन्। हिन्दू समातन प्रकृतिपुजक संसकृति हो। जहॉ पनि आदर्श समाजमा कृतज्ञता प्रदर्शन गर्ने चाडपर्वहरू हुन्छन्। जसको सहाराले हाम्रो जिवनसंचालन र ब्यवहार सहज बनेको छ, बॉचेको छ, सुखमय र खुशियालीपूर्ण भएको छ, तिनीहरूप्रति श्रद्धार्पण गर्नु जतिको अनुग्रहित हुनु अरू कसरी हुनसक्छ ?

त्यसैले प्रकृतिकी सहयोगी प्राणी सबैप्रति अनुग्रहित हुने हाम्रो यमपन्चक तिहार छ। शक्तिआर्जन गर्ने नवरात्री दशैँ छ।
पर्वहरूले सामाजिक, पारिवारिक र ब्यक्तिगत जिवनलाई उत्सवमय बनाउछ। जीवनका हरेक क्रियाकलाप उत्सव ठानेर गर्नु नै आनन्द र सफलताको कुन्जि हो। हाम्रा सबै पर्वहरूको सन्देश यही हो। पर्व भने पछि नेपालीहरू हुरूक्क हुन्छन्, जे काम आरम्भ गर्दा होस् कि समापन उत्सव गर्छन्। आफ्ना सहयोगी निर्जीव औजारहरूको पुजा गर्न पनि विश्वकर्मा पुजा पर्व छ। जसले जिवन सहज पारेको छ त्यसलाई भगवान मानेर पजिन्छ, आभारी एवं अनुग्रहित होईन्छ। कृतज्ञता जाहेर गरिन्छ, बोलेर लोकाचार पारेर हैन, मनैबाट ! यस्तो सुसंस्कृत समाजमा समेत केही कथित कम्युनिष्ट नेता भनाउदाहरूले दशैँ, दशैँ तिहारको टिका, लक्ष्मी पूजाको कुनै औचित्य छैन भन्दै बोलेका वा सामाजिक संजालमा लेखेका बोलेका भेटिन्छन्।

कुन कुन, ब्यक्ति ब्यक्तिले हाम्रा चाड पर्व, मूल्य मान्यता, संस्कार संस्कृति बारेमा के के भन्छन् त्यसमा मलाई कुनै चॉसो हुदैन। एक वाक्यमा भन्नुपर्दा ती अध्यात्मच्यूत, राम्रो संस्कार नपाएका यो जुनिमा पिडित मनुवा मात्र हुन्। जिवनको मिठास अनुभूत गर्ने भाग्य नलिएर आएकाहरू हुन्। यस्तो समृद्ध परम्परा र संस्कृतिमा जन्मन पाउनु अहोभाग्य हो । तर ती ‘माल पाएर चाल नपाएका दुस्खीहरू’ हुन्। तिनले भनेका कुरामा रिसाउनुभन्दा तिनको भ्रमित भ्रष्ट संस्कार एवं मतिप्रति दयाभाव देखाइरहनुपर्छ। ती कुनै सुब्यवस्थित संतुलित आदरणीय अनुकरणनीय उत्प्रेरक पात्र होईनन्। ती न जीवनमा खास उपलब्धी हासिल गरेर खुशी मानिस् हुन्छन्। यो तिनको आफ्नै कर्मको नतिजा हो। तिनका मति कुनै बेला सुध्रियोस् भनेर ईश्वरसंग कामना गरिरहनुपर्छ। तिनमा समाजले आदर्श मान्नपर्ने कुनै गुण हुदैन।

यस्तै संस्कारच्यूत, संस्कृतिच्यूत नेताहरूको ब्यवहारका कारण यो देश निरन्तर भताभुंग हुदै गएको हो। यसबारेमा भगवत गीताको अध्याय ३ मा प्रष्ट उल्लेख छ :
यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः।
स यत्प्रणामं कुरूते लोकस्तदनुवर्तते।।२१।।

श्रेष्ठ मनुष्य जेजे आचरण गर्छन्, अन्य मनुष्यहरूले पनि त्यही आचरण गर्छन्। तिनेल आफूले जे प्रमाणित गरिरहका हुन्छन्, अरू मानिसहरू पनि त्यही अनुसार आचरण गरिरहेका हुन्छन्।

अर्थात समाजले जुन मानिसलाई श्रेष्ठ ठानेको हुन्छ, उसमाथि विशेष जिम्मेदारी हुन्छ। उसले त्यस्तो काम नगरोस् वा त्यस्तो कुरा नबोलोस्, जो लोकमर्यादा तथा शास्त्र(मर्यादाको विरूद्ध हुन्छ।
अनि समाज समृद्ध बनाउन चाहना गर्नेले दिनदिनै मनन गर्नुपर्ने भग्वतगीताको अन्तिम अध्याय १८ को अन्तिम श्लोकमा यसरी भनिएको छ :
यत्र योगेश्वरस् कृष्णो यत्र पार्थो धनुर्धरस्।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिमर्म।।३।७८।।

जहॉ योगेश्वर भगवान् श्रीकृष्ण छन् र जहॉ गाण्डीव/धनुषधारी अर्जुन छन्, त्यहॉ नै श्री, विजय, विभूति र अचल नीति हुन्छ।

अर्थात् कृष्ण जस्तो भीजनरी गुरू र अर्जुनजस्तो कर्मयोगी शिष्य संगसंगै र साथसाथै भएमा मात्र कुनै पनि योजनामा सफलता प्राप्त हुन्छ। रावण बध पछि राम अयोध्या पुनस्आगमन हुदाको खुशियालीमा घरघर, सडक सडकमा दिपावली गरिएको थियो। रामबिहीन अँध्यारो अयोध्या उज्यालो पारिएको थियो। ‘तमसोमा ज्योतिर्गमय’ भएको थियो। अध्यॉरोमाथि उज्यालोको विजय उत्सव मनाउन दिपावली मनाईन थालेको मान्यता छ।

विश्वभरिका डेढ अर्ब हिन्दू समाजले आज धूमधामसंग दिपावली गर्छन्। विश्वका महाशक्ति नेताहरू अमेरिका, बेलायत, क्यानाडा, युएई, सउदी अरब, पाकिस्तान, अष्ट्रेलिया आदिका राजा, प्रम, राष्ट्रपतिहरूले हिन्दू समाजलाई शुभकामना सन्देश दिईरहेका छन्। सबैले ‘असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय’  यो वेद वाक्यनै उद्दरण गरेर शुभकामना सन्देश दिने गरेका छन्, दिईरहेका छन्।

आन्तरिक जिवन खुशी पारेर मात्र बाह्य जिवन सुखी र संतुलित हु्न्छ। हाम्रा तिथि र पर्वहरू आन्तरिक बिज्ञान र विधि हुन्। निश्चित प्रकृया अपनाएरमात्र प्रभावकारी लाभ लिन सकिन्छ। साध्यकेन्द्रित भएर पुग्दैन, सही साधनकेन्द्रित पनि भएको हुनैपर्छ। गलत साधनबाट प्राप्त साध्यको साईड ईफेक्ट प्राप्त लाभको प्रभाव भन्दा धेरै खराब हुनेगर्छ। त्यसले, त्यसपछि त्यो साईड ईफेक्टले नै झन् शिरदर्द बढाउने गरेको हुन्छ, लेनाको देना पारिसकेको हुन्छ। सही लक्ष प्राप्तिका लागि सही साधन अपरिहार्य हुन्छ।
प्रकृति र जिवन हार्मोनी र रिदम् हो। तिथि र पर्वहरू मानव कल्याण बिज्ञान हुन्।

वि.सं.२०७७ मंसिर १ सोमवार १३:५९ मा प्रकाशित

Himalayan Life AD
संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव चयन

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव चयन

संसारकै लोकप्रिय कैदी कम्युनिष्ट पार्टीको महासचिव बनेका छन् । जनयुद्धको...

संघीय शासन प्रणालीको पुनसंरचना यसरी गराैं

संघीय शासन प्रणालीको पुनसंरचना यसरी गराैं

नेपालमा संघीय शासन प्रणालीलाई लागू गर्न नेपालको विशिष्टता अनुरुप बहुभाषा,...

‘जेन–जी आन्दोलन कू–देता’ वा ‘डिजिटल एलिट विद्रोह’

‘जेन–जी आन्दोलन कू–देता’ वा ‘डिजिटल एलिट विद्रोह’

नेपालमा युवा पुस्ता (खासगरी 'जेन जी' वा नयाँ पुस्ता) को...

जेन-जी आन्दोलनको प्रभाव: अन्धभक्तको नर्क कि चेतनाको स्वर्ग?

जेन-जी आन्दोलनको प्रभाव: अन्धभक्तको नर्क कि चेतनाको स्वर्ग?

संविधान भनेको राष्ट्रको मूल कानुन हो। यो देशको शासन प्रणाली,...

भू–राजनीतिक अर्थव्यवस्थाको चपेटामा नेपाल

भू–राजनीतिक अर्थव्यवस्थाको चपेटामा नेपाल

भू–राजनीतिक अर्थव्यवस्थाको वैश्विक परिवेश भू–राजनीतिक अर्थतन्त्रले तर्क गर्दछ कि साम्राज्यवादले...

डब्लूएफटियुको ८० औँ स्थापना दिवस र आगामी कार्यदिशा

डब्लूएफटियुको ८० औँ स्थापना दिवस र आगामी कार्यदिशा

अक्टोवर ३ तारिख विश्वभरका प्रगतिशिल एवं समाजवादी पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय...